लिवर्टी इनर्जीको आईपीओ निष्काशन बुधबार बन्द हुँदै


लिवर्टी इनर्जी कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर साउन २१ गते बुधबार बन्द हुँदैछ । साउन ७ गतेदेखि कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १५ लाख कित्ता शेयर निष्काशन गरिरहेको छ ।

प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र लमजुङ्गमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट भौतिक रुपमा पनि फारम भर्न सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लिवर्टीले यस अघि गत फागुन २७ गतेदेखि आईपीओ खुला गर्न लागेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो ।

कुन स्थानीय तहका बासिन्दालाई कति शेयर ? यहाँ हेर्नुहोस् ।  

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।