गुराँस लाइफको लिलामी शेयरमा आवदेन गर्ने आज अन्तिम दिन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सको  ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामीमा छ ।

कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा अवितरित २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर तथा सर्वसाधारण तर्फको ८२ हजार पाँच कित्ता शेयर असार ५ गतेदेखि लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन्।

लिलामी भर्न न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता एक सय रुपैयाँबाट बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिन्छ। गुराँस लाइफ इन्स्योरेन्सको शेयर असार ११ गते बुधबार प्रतिकित्ता ४७५ रुपैयाँमा कारोबार भएको छ।

हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद लिलामी बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ कायम हुनेछ।