जनउत्थान लघुवित्तको २ लाख ८८ हजार कित्ता हकप्रद शेयरको बिक्री खुल्यो

0
Shares

जनउत्थान सामुदायिक लघुवित्तको एक बराबर एक को अनुपातमा हकप्रद शेयर बिक्रीमा आएको छ ।

कम्पनीले २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद जारी गरेको छ ।

कम्पनीले जारी गरेको हकप्रद शेयरमा असार १ गते आइतबारसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन्। लघुवित्तले हकप्रद निष्काशनका लागि असार २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

उक्त हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीका शेयरधनीले जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत तथा मेरो शेयरबाट समेत हकप्रदमा आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम दिन साउन १५ गतेसम्म रहेको छ।

लघुवित्तले गत आव २०७४/०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात हकप्रदपश्चात १० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ। हकप्रद र बोनसपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ।