एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस प्रस्ताव पारित


एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आ।ब २०८०\८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश ९बोनस शेयरमा लाग्ने कर समेत० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ।ब २०८१\८२ को लागि एन। अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।