एनएमबी बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग


एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकका उच्च पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरे।

बाढी पहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्त्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो। साथै यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।