सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण


सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो।

सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ।