वीरेन्द्रनगर र कैलालीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा


काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ ।

वीरेन्द्रनगर र कैलालीमा नयाँ शाखा विस्तार गरेसँगै सबै प्रदेशमा शाखा विस्तार भएको बैंकले जनाएको छ । दुवै शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका हुन् ।

सुर्खेत शाखाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह समेत उपस्थिति थिए । दुवै शाखाको उद्घाटन समारोहमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिका सदस्य सिद्धान्तराज पाण्डेय सहभागी थिए ।

यी दुई शहरमा नयाँ शाखा सञ्चालन भएसँगै त्यस क्षेत्रको आर्थिक विकासमा थप अवसरहरू सिर्जना हुने विश्वास बैंकले लिएको छ ।