काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ। मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होरियारपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ। राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ।
सफा र सुकिला बैंकनोट चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिइएको केन्द्रीय बैंकले जनाएको छ।
नोटको जतन गरी प्रयोग गर्दा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुने राष्ट्र बैंकले जनाएको छ।
यस्तै केन्द्रीय बैंकले सकभर डिजिटल दक्षिणा दिन समेत आग्रह गरेको छ।
प्रतिक्रिया