ईयूले सङ्घबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने


युरोपेली सङ्घ (ईयू) ले मङ्गलबार सङ्घबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदम विरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ ।

युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्स विरूद्ध “जस्तालाई त्यस्तै” व्यवहारको उपाय जस्तो देखिएको छ ।

“ ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने ।

“ यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं”, गिलले बताए ।