कारोबारीले नाफा ‘बुक’ गर्दा शेयर बजारमा गिरावट

0
Shares

धितोपत्रको दोस्रो बजारमा छोटो समयका लागि शेयर खरीद बिक्री गर्ने कारोबारीले नाफा ‘बुक’ गर्दा नेप्से सूचकमा ‘करेक्शन’ आएको छ । पछिल्ला दिनहरुमा निरन्तर सुधारको गतिमा रहेको शेयर बजार सूचक मंगलबार साढे ६ अंकले घटेको हो ।

कोरोना कारण अन्य लगानीका विकल्पहरु कम भएका कारण पछिल्लो समयमा शेयर बजारमा लगानी गरेका लगानीकर्ताले थोरै भएपनि नाफा बुक गर्न खोज्दा बजार घटेको एक लगानीकर्ताले बताए ।

“बैंकमा राखेको पैसामा प्रतिफल न्यून भएपछि लगानीकर्ताले शेयर बजारमा लगानी थपेको अवस्था थियो,” ती लगानीकर्ताले भने, “कोरोनाका कारण लगानीका क्षेत्रको विकल्प पनि छैन त्यसका साथै बजार के हुने भन्ने अनुमान गर्न सकिने अवस्था समेत छैन ।

”कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएपछि शेयर लगानीकर्ताको मनोबल समेत कमजोर भएको अवस्था छ । धितोपत्रको कारोबार पूर्ण अनलाइन भनिए पनि प्रक्रियागत जटीलताले गर्दा सबै लगानीकर्ताले अनलाइन मार्फत शेयर खरीद बिक्री गर्न सकेको अवस्था छैन । त्यसैगरी धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरण आउनमा ढिलाइ भएकाले पनि लगानीकर्ता केही निरुत्साहित भएको हुन सक्छ ।

कोरोनाका कारण धेरै बैंक वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण अझै पनि सार्वजनिक गरेका छैनन् । त्यसका साथै सूचीकृत कम्पनीको नाफामा असर गर्ने तथा लगानीकर्ताले उपयुक्त प्रतिफल पाउने सम्भावना पनि न्यून भएपछि बजारको मार्जिनमा खेल्ने लगानी हाबी भएको देखिन्छ ।

धितोपत्र बजारमा लगानी गर्दा कम्पनीले दिने प्रतिफललाई मुख्य आकर्षणको रुपमा लिइन्छ । तर, पछिल्लो समयमा कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्तताको असर सूचीकत कम्पनीहरुमा पनि देखिएको छ । यसले गर्दा सूचीकृत कम्पनीले दिने प्रतिफलमा गिरावट आउने निश्चित छ।

त्यति मात्र नभई नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा समेत कसिलो नीति अबलम्बन गरेको छ । यो साता नेप्सेको कारोबार सुरु भएको पहिलो दिन आइतबार ११ अंकले बढेको बजार सूचक सोमबार ३७ अंकले बढेको थियो । तर, आइतबार र सोमबार मार्केटमा लगानी गर्नेहरु लगानीकर्ताले नाफा बुक गर्न शेयर बिक्री गर्दा मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको हो ।

मंगलबार नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १२ करोड १६ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ। कम्पनीको २ लाख ४ हजार ९३२ कित्ता शेयर कारोबारमा आयो। यसैगरी नेपाल लाइफ, युनाइटेड इन्स्योरेन्स, एनसीसी बैंक, एनएमबि बैंक लगायतको उच्च कारोबार भएको छ।

Symbol Turnover Closing Price
NRIC 121,607,806.00 587.00
NLIC 83,939,624.00 1,359.00
UIC 47,670,707.00 403.00
NCCB 47,066,643.00 195.00
NMB 45,564,778.00 427.00
AIL 45,463,058.00 564.00
NICA 42,842,248.00 572.00
HDL 40,283,452.00 1,700.00
NBL 40,173,384.00 274.00
EIC 25,105,327.00 445.00

मंगलबार कारोबार सुरु हुदा सामान्य अंकको सुधार आएको धितोपत्र बजारमा केही समयमा नै घट्दो क्रममा देखियो। बजार सूचकको घट्दो क्रम कारोबार बन्द हुँदासम्म कायम रह्यो । कारोबार सूरु हुँदा १४३३.३६ अंकमा रहेको नेप्से सूचक मंगलबारको कारोबारपछि ६.६१ अंकले घटेर बन्द भएको छ ।

नेप्से सूचक संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इण्डेक्स पनि १.३८ अंकले घटेको छ । मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्य गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । नेप्सेमा कारोबार भएका केही सामूहिक लगानी कोषको मूल्य बढेको भएपनि धेरै कम्पनीको घटेको छ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहगत परिसूचक समेत मंगलबार नकारात्मक छनु । मंगलबार नेप्से सूचक घटेको भएपनि कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा १९ कम्पनीको २५ हजार ७७१ कारोबारबाट एक अर्ब २७ करोड २७ लाख रुपैयाँ बराबरको ३६ लाख ३० हजार ८४५ कित्ता शेयर किनबेच भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा २८ करोड कम हो ।

Symbol LTP Point Change % Change
As of 2020-08-11 15:00:00
AIL 564.00 51 9.94
SDLBSL 526.00 47 9.81
UNHPL 62.00 5 8.77
UIC 403.00 20 5.22
BFC 103.00 5 5.10
GMFIL 128.00 6 4.92
NICAD8283 1,097.00 42 3.98
AKJCL 54.00 2 3.85
MLBBL 764.00 28 3.80
RADHI 173.00 6 3.59

मंगलबार अजोड इन्स्योरेन्स र साधना लघुवित्तका लगानी कर्ता धेरै कमाएका छन् भने नेपाल फाइनान्स र कालिका माइक्रोक्रेडिट लघुवित्तका लगानीकर्ता धेरै गुमाएका छन्।

 

Symbol LTP Point Change % Change
As of 2020-08-11 15:00:00
NFS 184.00 -20.00 -9.80
KMCDB 762.00 -44.00 -5.46
GLBSL 832.00 -48.00 -5.45
NSEWA 706.00 -28.00 -3.81
KRBL 102.00 -4.00 -3.77
ACLBSL 718.00 -28.00 -3.75
SIFC 155.00 -6.00 -3.73
GHL 54.00 -2.00 -3.57
OHL 346.00 -12.00 -3.35
SHL 156.00 -5.00 -3.11

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।