नेप्से परिसूचकमा सामान्य वृद्धि


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४७ अङ्कले उकालो लागेर दुई हजार ७४५.३६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अङ्कले उकालो लागेर ४९५.३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर ७ अर्ब १९ करोड २७ लाख ९२ हजार १६६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुडविल फाइनान्स ७.६३, एनआइसी एशिया सेलेक्ट फण्ड ६.१९, सनराइज ब्ल्यूचिप फण्ड ६.१४, समाज लघुवित्त ५.१२ र रावा इनर्जीका लगानीकर्ताले ५.१२ प्रतिशतले कमाएका छन् ।

यस्तै, अप्पर स्याङ्गे हाइड्रोपावर ५.१९, मिड सोलु हाइड्रोपावर पाँच दशमलव शुन्य तीन, सामुदायिक लघुवित्त ४.४७, नेपाल एसबिआई बैंकको ऋणपत्र ३.८८ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन् ।