अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।