सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा आधा घट्यो

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.६७ प्रतिशत कम हो । 

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १ करोड ३० लाख रुपैयाँ रहेको छ।

कोरोना कारण व्यवसाय विस्तारमा परेको असर तथा केन्द्रिय बैंकको ब्याजदर घटाउने नीतिले नाफामा संकुचन आएको बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिसम्म ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैैंकले २ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ । जसबाट ४४ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। खुद ब्याज आम्दानी २१ करोड ९६ लाख छ ।

बैंकको संचालन नाफा भने ७ करोड ३२ लाखबाट घटेर ४ करोड ६४ लाख रुपैयाँमा खुम्चिएको छ भने संचालन खर्च ३ करोड ३२ लाखबाट ५ करोड ५५ लाख पुगेको छ । त्यस्तै बैंकको अन्य खर्चहरु समेत बढेको छ ।

बैंकको खराब कर्जा भने घटेर १.६५ प्रतिशतमा झारेको छ। चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ४४ लाख रुपैयाँ छ। बैंकको चुक्ता पूँजी तथा जगेडाकोष दुवै बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९५ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात ३०.३९ गुणा छ।

 

Particulars  Saptakoshi Development Bank  Limited (In Rs ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 834,338 787,112 6.00%
Retained Earnings 16,341 35,241 -53.63%
Reserves 94,493 89,929 5.07%
Profit/(Loss) for the Year 32,944 65,466 -49.68%
EPS (In Rs.) 3.95 20.09 -80.34%
Net Worth per Share (In Rs.) 113.28 115.94 -2.29%
Deposits from Customers 3,402,282 2,561,806 32.81%
Loans & Advances to Customers 2,791,055 2,534,133 10.14%
Net Interest Income 219,619 161,228 36.22%
Impairment Charge/(Reversal) 41,796 6,105 584.60%
Personnel Expenses 85,390 63,870 33.69%
Operating Profit 46,457 73,289 -36.61%
Total Comprehensive Income 32,890 59,961 -45.15%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 13,043
Capital Adequacy Ratio (CAR) 33.16 29.8 11.28%
NPL 1.65 2.2 -25.00%
CCD (as per NRB Directives) 59.16 71.48 -17.24%
Cost of Fund (%) 6.37 8.04 -20.77%
Base Rate (%) 11.04 12.22 -9.66%
Qtr End PE Ratio (times) 30.39 6.04 403.15%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।