काठमाण्डौें । कृषि बिकास बैंकको अक्ष्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियूक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त व्यक्ति हुन् । पाण्डेयसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर प्रा. डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराएका छन् ।












प्रतिक्रिया