एनएमबी बैंकको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा


एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

सेयरधनीलाई प्राथमिकता दिनुपर्ने राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेको भन्दै बैंकले उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्ने भएको हो ।

सेयर खरीदका लागि आज कात्तिक ६ गतेदेखि ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल काठमाण्डौंमा बुझाउनु पर्ने छ ।

प्रकाशित मिति: ६ कात्तिक २०८१, मंगलबार  १३ : ४३ बजे