‘बालप्रतिभा पुरस्कारबाट पुरस्कृत तीवारीले ल्याइन् बालगित‘मेरी बहिनी’


नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’बाट पुरस्कृत ११ वर्षीया आयुष्मा तिवारीको बालगीत ‘मेरी बहिनी’को भिडियो सार्वजनिक भएको छ ।

प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको छ ।

पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र विदेशी गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमा नै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो ।

यसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बालस्वभाव, सृजनशीलता लगायतका आनीबानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको  छ ।

मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियो साना साना नानीहरुलाई लक्षित गरेर निर्माण गरिएको आयुष्माले बताइन् ।

अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसँगै यो बालबालिकाका लागि प्रेरक रहेको प्रतिक्रियाहरु हुन थालेका छन् ।