नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.२५ अङ्कले ओरालो लागेर २ हजार ६२७.१४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९९ अङ्कले ओरालो लागेर ४७४.२६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

कूल १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९.७५, पिपल्स पावर ७.८८, सनराइज ब्ल्यूचिप फण्ड ७.६७, समृद्धि फाइनान्स कम्पनी ६.१८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६.१ प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५.७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.९०, गुडविल फाइनान्स ४.५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४.२१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: ८ कात्तिक २०८१, बिहीबार  १६ : १८ बजे