लुम्बिनी विकास बैंकको पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जाने


लुम्बिनी विकास बैंकले लाभांश लिन बाँकी भएका शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।

बैंकले साविकको बीरगञ्ज फाइनान्स तर्फको आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा घोषणा भएका नगद लाभांशको पूर्जा संकलन गर्न लगानीकर्तालाई आग्रह गरेको हो ।

साविकको एच एण्ड वि डेभलपमेण्ट बैंक तर्फको आर्थिक वर्ष २०६७/६८, साविकको लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको आर्थिक वर्ष २०५७/५८, आर्थिक वर्ष २०६१/६२ र आर्थिक वर्ष २०६८/६९ मा विवरण गरिएको गरिएको लाभांशको पूर्जा संकलन गर्न बैंकले आग्रह गरेको हो ।

शेयरधनीहरुले साउन २८ गतेदेखि ३० दिन भित्र बैंकको केन्द्रिय कार्यालय चारखाल, डिल्लीबजारमा सम्पर्क गरी लाभांश पूर्जा र नगद संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त अवधिमा लाभांश संकलन नगरे उक्त लाभांस स्वतः लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।