अपि पावरको विद्युत बिक्री आम्दानी ८१.६५ प्रतिशतले बढ्यो


अपि पावर कम्पनी लिमिटेडले असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढेर ४३ करोड २५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १५८.३६ प्रतिशतले बढेर ३९ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  ११ : ५८ बजे