भारतीय पूँजी बजारमा विदेशी लगानीकर्ताको ८३ अर्ब लगानी थपियो

0
Shares

कोरोना भाइरसका कारण भारतीय शेयर बजारबाट बाहिरिएका विदेशी लगानीकर्ता पुनः प्रवेश गर्न थालेका छन्। पछिल्लो एक सातामा मात्र विदेशी लगानीकर्ताले भारतीय पूँजी बजारमा ८३ अर्ब २७ करोड भारतीय रुपैयाँ बराबरको लगानी गरेका हुन् । 

कोरोना भाइरसको सुरुवातीमा निरन्तर शेयर बिक्री गरेर लगानी फिर्ता गरेका विदेशी लगानीकर्ताले पछिल्ला दिनहरुमा पुनः लगानी गर्न थालेका हुन् । कोरोना प्रभाव सुरु भएसंगै विदेशी लगानीकर्ताले निरन्तर शेयर बिक्री गर्दा भारतीय शेयर बजार परिसूचकहरु सेनसेक्स र निफ्टीमा उच्च अंकको गिरावट समेत आएको थियो ।

पछिल्लो समयमा भारतीय सरकारले कोरोना प्रभावितलाई राहत प्याकेजको घोषणा गरेपछि पुन लयमा आएको शेयरबजारमा विदेशी लगानीकर्ताले सम्भावना देखेर फर्कन थालेका हुन् ।

भारतीय शेयर बजारमा सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय अवस्था सोचेभन्दा राम्रो भएपछि ठूला कम्पनीको शेयर मूल्यमा ठूलै हलचल आएको छ । त्यसकारणले गर्दा पनि विदेशी लगानीकर्ताल पोर्टफोलियोे बढाएको बजार विश्लेषकहरुको भनाइ छ । विदेशी लगानीकर्ताले ठूलो पूँजी भएका कम्पनीहरुमा मात्र लगानी गरेका छन ।

पछिल्लो तथ्याङकअनुसार अगस्ट ३ देखि ६ सम्ममा मात्र विदेशी लगानीकर्ताले ७८ अर्ब ४२ करोड भारतीय रुपैयाँ बरावरको लगानी थपेको देखिन्छ । यो अवधिमा विदेशी लगानीकर्ताले डेब्ट बजारमा ४ अर्ब ८५ करोड भारतीय रुपैयाँ लगानी गरेका छन् ।

यसरी विदेशी लगानीकर्ताको कुल लगानी ८३ अर्ब २७ करोड भारु पुगेको हो । योभन्दा २ महिनाअघि पनि विदेशी लगानीकर्ता नै खरिदकर्ताको रुपमा थिए । विदेशी लगानीकर्ताले जुलाइमा ३३ अर्ब १ करोड र जुनमा २४ अर्ब ५३ करोड भारतीय रुपैयाँ लगानी गरेका थिए ।

कोरोनाका कारण लकडाउन भए पनि ठूला कम्पनीहरुको कार्यासम्पादन आशा गरेभन्दा राम्रो देखिएको छ । त्यसैले पनि विदेशी लगानीकर्ताले ठूला कम्पनीको शेयरमा लगानी बढाएका छन् । त्यसका साथै विश्व भरीका अधिकांश इक्यूटी बजारमा आएको सुधारले पनि सर्पोट गरेको छ ।

चीन, अमेरिका तथा युरोपबाट आर्थिक तथ्याङक राम्रो आउने देखिएपछि विश्व ब्यापी रुपमा जोखिम लिने क्षमता बढेको देखिन्छ । यसले गर्दा रिकभरी पनि हुने आशा बढेको छ । पछिल्लो समयमा ठूला तथा प्रसिद्ध व्यत्तिः तथा संस्थासँग  हिस्सेदारी गर्न समेत विदेशी लगानीकर्ता लागेका छन । पछिल्लो उदाहरणको रुपमा बन्धन बैंकमा समेत विदेशी लगानीकर्ता प्रबेश गरेको अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।