सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज कालिकास्थान, काठमाडौँमामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा आव २०८०\८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०८०र८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७८७.३८ रुपैयाँ सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७र६१ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १२ : ३१ बजे