नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली


नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । ज्ञवाली कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त भएका हुन् ।

आइसीएआइबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङं क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न काम गरेको अनुभव छ ।

जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवी बैकर हुन् । नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।

मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको उनको कार्यकायलमा यस कम्पनीलाई नयाँ उचाईमा पुर्याउन सफल हुनुहुनेछ भन्ने अपेक्ष कम्पनीको रहेको छ ।

प्रकाशित मिति: १४ कात्तिक २०८१, बुधबार  १० : ३० बजे