बुधबार सुन किन्नेले तोला कै १ लाख ७० हजार भन्दा बढी खर्चिनु पर्ने


सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार रेकर्ड बनाएको सुनको भाउले बुधबार पुनः अर्को रेकर्ड बनाएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । मंगलबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७८०.३२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३४.२२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।