दुई कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन हो । हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली कात्तिक २१ गते बुकक्लोज गर्दैछन्।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ भने लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १०ः५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।












प्रतिक्रिया