अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२०.५३ प्रतिशत बढी हो। कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४८५.५७ प्रतिशत बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी २५.६१ प्रतिशत बढेर ११ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ४३.६३ प्रतिशत घटेर ३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर बढेर १२ रुपैयाँ १२ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८४ गुणा रहेको छ। चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटी २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।












प्रतिक्रिया