एनआईसी एशिया लघुवित्त शाखा संजाल र चुक्ता पूँजीको आधारमा देशकै सबैभन्दा ठूलो लघुवित्त बन्ने भएको छ ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा आइतबार हस्ताक्षर भएपश्चात बन्ने एनआईसी लघुवित्त दशकै ठूलो लघुवित्त बन्नेछ ।
गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरे ।
एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्तको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।
गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्तको नामबाट कारोबारमा आउने छ ।
दुई संस्थाले २०७७ साल पौषको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबैभन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने बताइएको छ ।
एनआईसी एशिया लघुवित्तको साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ४८ करोड छ। स्वदेशी लघुवित्तको चुक्ता पुँजी २७ करोड ६० लाख रुपैयाँ छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया