नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा र डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
गत साउन १८ गते मात्रै निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया