नेपाल टेलिकमको नेटवर्कमा समस्या


काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। आइतबारदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र टेलिफोन लगायतका सेवामा समस्या नेटवर्कमा समस्या देखिएको हो।

अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ। नेपाल टेलिकमको नेटवर्कमा समय(समयमा समस्या देखिने गरेको छ। सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  ११ : ३० बजे