नेपाल इन्फास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा


एनआईसी एशिया बैकले नेपाल इन्फास्ट्रक्चर बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैकले उक्त कम्पनीको ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले मंसिर ३ गतेदेखि १० गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौँमा आवेदन दिन सक्ने छन् ।

यस्तै, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा आवेदन दिन सक्ने छन् ।

सेयरको न्यूनतम मूल्य १०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ भने अधिकतममा सम्पूर्ण  कित्ताको लागि आवेदन दिन सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ ।
शेयर खरिदको लागि न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ।

सबैभन्दा बढी मुल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेलाई बिक्री गरिनेछ ।

बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कर्ता बैंक र सम्बन्धित कम्पनीमा निहित रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार  ०९ : ०२ बजे