शिखर इन्स्योरेन्सको लिलामी शेयरको प्रारम्भिक ‘कटअफ’ १२०० नजिक


शिखर इन्स्योरेन्सले सोमबार खालेको बोलकबोलमा प्रतिकित्ता शेयरको प्ररम्भिक न्युनतम मूल्य १ हजार १९० रुपैंया कायम भएको छ । सबै आवेदनहरु खोलिसक्दासम्मको तथ्यांकका आधारमा उक्त मूल्य कायम भएको हो ।

सोमबार इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले लिलामी शेयरको बोलकबोल खोलेको हो । दिनभरी लगाएर खोलिएका सबै आवेदनहरु रुजु गर्ने काम भईरहेको र अन्तिम नतिजा आउन बाँकी रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार रद्ध हुने आवेदनको तथ्यांक अझै रुजु भईसकेको छैन । सबै आवेदन रुजु भएर अन्तिम तथ्यांक प्रविष्ट गरे पछि मात्र शेयरको अन्तिम कट अफ मूल्य निर्धारण हुने क्यापिटलले जनाएको छ ।

१ हजार ८८५ जनाले इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गरेका थिए । सबै आवेदकको तथ्यांक प्रमाणिकरण भए पछि मात्र कति आवेदकले इन्स्योरेन्सको शेयर पाउछन् भन्न सकिन्छ ।

इन्स्योरेन्सले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । इन्स्योरेन्सले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन ।

सोमबार दोस्रो बजारमा शिखरको प्रतिकित्ता शेयर २० रुपैंयाले बढेर १ हजार २३७ रुपैंयामा अन्तिम पटक किनबेच भएको छ ।

यसरी खोलिएको थियो बोलकबोल, भिडियोमा हेर्नुहोस्