नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले बढेको छ । मंगलबार ५१ अंकले घटेको नेप्से बुधबार ९.०९ अंकले बढेर २ हजार सात सय ११. ७५ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्से परिसूचक बढेको भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १० अर्ब भन्दा धेरैको सेयर किनबेच भएकोमा बुधबार ७८ अर्बमा सीमित भएको हो ।
बुधबार तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता सेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ । बु्धबार बैंकिङ समूह ०.२६, जीवन बिमा ०. १८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ । वित्त १.६६, होटल तथा पर्यटन ०. ४५, जलविद्युत् १.२८, लगानी ०.२० , लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ३२ करोड ८१ लाख ९० हजार दुई सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार पाँच सय १९ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया