नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ९७ हजार २२२ रुपैयाँ छ । उक्त पुँजीको १ बराबर एकको अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२ कित्ता सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । अब कम्पनीले हकप्रद बिक्री गरेर सूचीकरण गरेपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४४ रुपैयाँ कायम हुनेछ ।
कम्पनीको सेयर निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया