काठमाडौँ । सरकारले दाल, मार्बल र ग्रेनाइटको भन्सार महसुल घटाएको छ । सरकारले दालको अग्रीम आयकर दर १० प्रतिशतबाट घटाएर २।५ प्रतिशतमा सिमित गरेको छ ।
यस्तै, ग्रेनाइटको भन्सार महसुलदर २० प्रतिशतबाट १० प्रतिशत र मार्बलको ३० प्रतिशतबाट १० प्रतिशतमा झारिदिएको छ।
अत्यावश्यक सामाग्रीको भन्सार दर घटाउनु सरकारले सकारात्मक काम भएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । भन्सार दरले महंगी बढाएको भन्दै उनले अब केही हदसम्म महंगी नियन्त्रणमा आउने उनको भनाइ छ ।
यसअघि स्वरुप र आकार नमिलेका ग्रेनाइटलाई ल्याउँदा तयारी वस्तुकै सरह भन्सार लाग्ने व्यवस्था रहेको थियो।
प्रतिक्रिया