सामलिङ्ग पावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति


सामलिङ्ग पावर कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पौष २ गते मंगलबार, बिहान १०ः३० बजे ललितपुर, नेपाल द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा सभा बोलाएको हो ।

कम्पनीले संचालक समितिको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहितको अर्थिक प्रतिवेदन, लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु पारित गर्ने छ ।

छैठौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार १८ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार  १२ : ५४ बजे