निषेधाज्ञाले शेयर बजारमा दोहोरो अंकको गिरावट

0
Shares

सरकारले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गर्ने निर्णय गरेसँगै शेयर बजार दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।

बुधबार नेप्से सूचक १६.६० अंकले घटेर १३९१.२९ अंकमा झरेर बन्द भएको छ । यसदिन १८५ कम्पनीको ९७ करोड ६२ लाख बराबरको कारोबार भयो।

आज नागरिक लगानी कोषको सबैभन्दा धेरै ८ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ। नेपाल रि इन्स्योरेन्सको ६ करोड ८१ लाख, नेको इन्स्योरेन्सको ६ करोड ४४ लाख, र नेपाल लाइफको ५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Symbol Turnover Closing Price
As of 2020-08-19 15:00:00
CIT 80,992,188.00 2,878.00
NRIC 68,180,359.00 579.00
NIL 64,472,001.00 665.00
NLIC 56,399,157.00 1,338.00
SDLBSL 39,797,641.00 871.00
NICA 32,937,891.00 554.00
GBIME 26,595,955.00 251.00
NMB 26,562,564.00 409.00
NBL 25,232,526.00 279.00
PRIN 24,105,649.00 513.00

सरकारले निषेधाज्ञा गर्ने निर्णय गरे पनि नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुले भने शेयर कारोबार बन्द नहुने बताएका छन् ।

अनलाइन मार्फत घरमै बसेर कारोबार गर्ने अवस्था रहेको भन्दा बजार बन्द नहुने उनीहरुको धारणा छ । शेयरबजारका लगानीकर्ताको भने मिश्रित धारणा आएको छ । शेयर लगानीकर्ताहरु खोल्ने र नखोल्ने दुईपक्षमा देखिएका छन्।

यसदिन बजारमा कारोबारमा आएका सबै समूहका सूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको १३६.५९ अंकले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-08-19 15:00:00
SFCL 121.00 11 10.00
PMHPL 82.00 4 5.13
UNHPL 60.00 2 3.45
CHL 90.00 3 3.45
SDLBSL 871.00 28 3.32
BBC 1,539.00 39 2.60
KSBBL 144.00 3 2.13
SPDL 106.00 2 1.92
NEF 9.08 0 1.91
MPFL 108.00 2 1.89

यस दिन समृद्धि फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रिमियर इन्स्योरेन्सको सबैभन्दा धेरै ३.८०५ प्रतिशतले घटेको छ । नागरिक लगानी कोषको सबैभन्दा धेरै ७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।

Symbol LTP Point Change % Change
As of 2020-08-19 15:00:00
PICL 456.00 -18.00 -3.80
MDB 326.00 -11.00 -3.26
RRHP 90.00 -3.00 -3.23
HDHPC 90.00 -3.00 -3.23
AHPC 92.00 -3.00 -3.16
LLBS 1,085.00 -35.00 -3.13
SINDU 124.00 -4.00 -3.13
IGI 471.00 -15.00 -3.09
SLICL 450.00 -14.00 -3.02
SHIVM 582.00 -18.00 -3.00

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।