सुनको भाउ दुई दिनमा तोलाको साढे १८ हजार रुपैयाँ घट्यो


सुनको भाउ दुई दिनमा प्रतितोला १८ हजार ५०० रुपैयाँ घटेको छ । सोमबार १५ हजार ९०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २ हजार ६०० रुपैयाँ घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६२७.१९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.३५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार  १० : ४१ बजे