शेयर बजारसँग सम्बन्धित हरेक कार्यालयका २ कर्मचारीलाई पासः धितोपत्र बोर्ड


कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी भए पनि शेयर कारोबार नियमित हुने भएको छ ।

धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्न हुने कार्यालयका २ कर्मचारीका दरले आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायहरुमा अनुरोध गरेपछि सहज हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से), सीडीएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, निक्षेप सदस्यका प्रतिकार्यालय २ कर्मचारीका लागि कार्यालय जान आउन दिन अनुरोध गरेको हो ।

बोर्डले यी सबै संस्थामा २ कर्मचारीका दरले आवागमन गर्न दिन भन्दै गृह मन्त्रालय, अर्थमन्त्रालय, काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमूख जिल्ला अधिकारी, महानगरीय ट्राफिक प्रहरी महाशाखालाई लिखित अनुरोध गरेको बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए ।

निषेधाज्ञामा पनि शेयर बजार खुल्ने, कर्मचारी व्यवस्थापन कसरी ? नियामकलाई नै थाहा छैन

शेयर बजार खुलाउनका लागि प्रति कार्यालय २ कर्मचारीलाई कार्यालयसम्म आउन र जान सहजिकरण गरीदिन भन्दै लिखित पत्राचार गरेको ढुङगानाले बताए । काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले बुधबार राति १२ बजेदेखि भदा १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरे पनि शेयर बजार भने खुला हुने भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।