नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्ने क्रममले मंगलबार पनि निरन्रत पाएको छ । सोमबार करिब २० अंकले बढको नेप्से सूचक मंगलबार पनि सोही गतिमा देखिएको हो ।
मङ्गलबार कारोबार सुरु हुँदा देखि बढ्न थालेको नेप्से बिचमा केही समय घटको पछि थियो । तर कारोबारको अन्तिम समयमा नेप्से सूचक दोहोरो अंकले बढेको हो । मङ्गलबार नेप्से १७.८० अङ्कले बढेर दुई हजार सात सय ७५.८५ अङ्कमा पुगेको छ ।
मङ्गलबार नेप्से बढेको भएपनि कारोबार रकममा भने केही कमी आएको छ । मंगलबार नेप्सेमा विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता सेयर आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार नैपसेमा करिब ११ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएका थियो ।
मंगलबारको कारोबारमा उप समूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको सयर मूल्य समान ९९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको ९.५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६.१८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया