सुनको भाऊ घट्यो

0
Shares

 

लगातार बढिरहेको सुनको भाऊ सोमबार भने घटेको छ । आइतबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको सुन असार १६ गते सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बजेट घोषणा यता नेपालमा सुनको भाउमा वद्धि हुँदै आएको थियो। बजारमूल्य बढ्न थालेपछि पुरानो सुन बिक्री गर्ने बढ्दा फेरि सुनको मूल्य घटेको हो।