एनसीसी बैंकद्धारा ‘नेपाली नागरिक बचत खाता’ सञ्चालनमा

0
Shares

नोटबजार 
काठमाडौं, २०७६ बैशाख २ गते  ।

एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता स् सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ । मुलुकभर बैंकका १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।