एडीबीद्वारा बङ्गलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत


काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी) ले बङ्गलादेशको लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बङ्गलादेशमा सार्वजनिक–निजी साझेदारी मार्फत महत्वपूर्ण पूर्वाधार विकासलाई समर्थन गर्न उक्त ऋण स्वीकृति गरिएको हो ।

एडीबीले बङ्गलादेशले मुख्यतया सार्वजनिक क्षेत्रबाट सञ्चालित देशको पूर्वाधार विकासले सीमित स्रोत र कार्यान्वयन बाधाका कारण चुनौतीहरूको सामना गरिरहेको बताएको छ ।

बङ्गलादेशका लागि एडीबीका निर्देशक युन जियोङले भने,“यस परियोजनाले बङ्गलादेशलाई निजी क्षेत्रको वित्तपोषणलाई उत्प्रेरित गर्न, पूर्वाधार विकास घाटालाई सम्बोधन गर्न, सार्वजनिक वित्तमा दबाब कम गर्न र थप रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।”

यस ऋणले बङ्गलादेश इन्फ्रास्ट्रक्चर फाइनान्स फण्ड लिमिटेडको वित्तीय र संस्थागत क्षमतामा बृद्धि गर्नेछ । यसमा लैङ्गिक र जलवायु परिवर्तनमा विशेष ध्यान केन्द्रित गर्दै सार्वजनिक–निजी साझेदारी मार्फत दिगो निजी लगानीलाई समर्थन गर्ने वातावरण निर्माण गर्नेछ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  ११ : १० बजे