सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस दिन सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।

समायोजनपश्चात बैंकको सेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्तक ४५९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ०७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।