शेयर बजारमा उच्च अंकको गिरावट


काठमाडौँ । शेयर बजारमा बिहीबार उच्च अंकको गिरावट भएको छ । पाँच कारोबार दिनपछि बुधबार ४६ अंकको बाउन्स ब्याक भएको बजारमा बिहीबार नै सोही अनुपातमा गिरावट बेहोरेको हो ।

बिहीबारको बजारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर ६७ हजार १२८ पटकमा खरिद बिक्री भएको हो । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको शेयर खरिद बिक्री भएको थियो ।

नेप्से ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा सीमित भएको छ । सेन्सेटिभ र फ्लोट इन्डेक्स दुबै १.३८ प्रतिशतले घट्दा सेन्सेटिभ फ्लोट १.४५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये २ ओटा बढेको छ भने ११ ओटा घटेको छ। उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य बढेको हो। वित्त सर्वाधिक २.६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

आजको बजारमा जानकी फाइनान्सको सर्वाधिक २६ करोड १२ लाखको कारोबार हुँदा सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख र जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

आज त्रिशुली जलविद्युतको सर्वाधिक ८.५५ प्रतिशतले शेयर मूल्य बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ७.५४ प्रतिशत, आरबिबि म्युचुअल फन्डको ७.२४ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा जानकी फाइनान्सको शेयर मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेर ८६१.२० रुपैयाँमा झरेको छ । यस्तै इग्वा हाइड्रोपावरको ६.४३ प्रतिशत, इमर्जिङ नेपालको ६.२४ प्रतिशत र स्वाभिमान लघुवित्तको ६.०६ प्रतिशतले ओरालो लाग्यो ।

प्रकाशित मिति: २७ मंसिर २०८१, बिहिबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।