अन्य क्षेत्रमा लगानी संकुचनले शेयर बजारमा सुधार, एक अर्ब ८५ करोडको कारोबार

0
Shares

शेयर बजारमा पछिल्लो केहि दिन यता सुधारको क्रमले निरन्तरता पाएको छ । देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि शेयर अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा सकारात्मक प्रभाव परेको हो।

बन्दाबन्दीले बजारका अन्य लगानीक्षेत्र संकुचित हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ । यतिबेला वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेको र ब्याजदर समेत घट्दो क्रममा रहेकाले पनि शेयर बजार सकारात्मक प्रभाव परेको हो । अन्यत्र क्षेत्रको लगानी ठप्प जस्तै हुँदा शेयर लगानी गर्नेहरु बढेका छन् ।

धितोपत्रको प्राथमिक बजारमा समेत लगानीकर्ताकोहरुको संख्या बढ्दै गएको छ । रिलायन्स लाइफको आईपीओमा ६ लाख बढी आवेदन पर्नुले पनि प्राथमिक बजारमा लगानीकर्ताहरु बढ्दै गएको प्रष्ट देखिन्छ । गएको एक महिनाभित्र आधा दर्जन कम्पनीले आईपीओ निष्काशन गरेका थिए । आआईपीओमा शेयर पाएका लगानीकर्ताहरु शेयर बिक्रीका लागि दोस्रो बजारमा प्रवेश गर्दा पनि अनलाइन कारोबारमा सुधार आएको छ ।

भित्री सूचना चुहिए पछि आशा लघुवित्तको शेयर मूल्य आकाशियो

पछिल्लो चरणमा आईपीओ निष्काशन गरेका कम्पनीहरुबाट शेयर लगानीकर्ताहरुले राम्रै फाइदा गरेका छन् । घरमै बसीरहँदा कतिपय लगानीकर्ताले अनलाइन अभ्यासका लागि थोरै थोरै संख्यामा शेयर किनबेच गर्ने क्रम पनि देखिएको छ । यसले पनि कारोबार संख्यामा बढोत्तरी ल्याएको छ । अभ्यासकै क्रममा अनलाइन चलाउँदा लगानीकर्ताहरु दोस्रो बजारप्रति आकर्षित हुन थालेको देखिन्छ ।

Index Current Points Change %Change  
NEPSE 1,440.94 9.34 0.65  
Sensitive 293.97 0.83 0.28  
Float 100.65 0.5 0.5  
Sen. Float 96.91 0.26 0.27  
 

मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर १ हजार ४४० दशमलव ९४ बिन्दुमा उक्लिएको छ । यसदिन १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा २८ करोड कम हो । सोमबार २ अर्ब १३ करोड ९२ लाख बराबरको शेयर किनबेच भएको थियो।

यसदिन कारोबारमा आएका व्यापार, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक सकारात्मक रहेको छ। विशेष गरी बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

Symbol- Gainers
LTP Point Change % Change
As of 2020-08-25 15:00:00
NRIC 672.00 48 7.69
ALBSL 738.00 43 6.19
SLICL 520.00 29 5.91
PMHPL 84.00 4 5.00
PLIC 619.00 28 4.74
GMFBS 826.00 36 4.56
HURJA 94.00 4 4.44
HDHPC 96.00 4 4.35
GLICL 518.00 21 4.23
GMFIL 127.00 5 4.10

 

मंगलबारको बजारमा पुर्नबीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७.६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा समृद्धि फाइनान्सका लगानीकर्ता छन् । यसको भाउ ६.५४ प्रतिशतले घटेको छ ।

Symbol- Loser LTP Point Change % Change
As of 2020-08-25 15:00:00
SFCL 143.00 -10.00 -6.54
UNHPL 58.00 -3.00 -4.92
NHPC 52.00 -2.00 -3.70
PFL 149.00 -4.00 -2.61
RHPC 84.00 -2.00 -2.33
KRBL 103.00 -2.00 -1.90
KPCL 105.00 -2.00 -1.87
BBC 1,595.00 -30.00 -1.85
JSLBB 1,385.00 -24.00 -1.70
TRH 212.00 -3.00                  -1.4

 

खरिद बिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेको इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-08-25 15:00:00
NRIC 287,405,898.00 672.00
NIL 142,655,206.00 731.00
SLICL 84,356,105.00 520.00
NLIC 80,997,370.00 1,379.00
ALICL 59,122,751.00 695.00
NICA 54,560,309.00 576.00
NICL 52,360,216.00 509.00
NBL 42,593,259.00 290.00
NLICL 39,541,712.00 722.00
NMB 37,830,570.00 421.00

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।