आख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी र सव-इन्जिनियर किशोर कुमार मोक्तान उपर एक लाख ५० हजार भ्रष्टाचारको आरोप-पत्र दायर गरेको छ ।
निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले जैसी र मोक्तानलाई एक लाख ५० हजार घुस रकम लिएको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा प्रमुख प्रशासकीय अधिकृत जैसी र सव-इन्जिनियर मोक्तान समेतले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस माग गरी चेकहरु रोकी सेवाग्राहीसँग घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम एक लाख ५० हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया