पुसमा तीन वाणिज्य बैंकले व्याजदर घटाउँदा १४ बैंकको स्थिर


पुसको लागि २० वाणिज्य बैंकहरुमध्ये तीन वाणिज्य बैंकले व्याजदर घटाएका छन्, १४ बैंकले व्याजदर स्थिर राखेका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन्।

पुसको लागि एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले व्याजदर बढाएका छन् भने एनआईसी एसिया बैंक सानिका बैंक र नेपाल बैंकले व्याजदर घटाएका हुन ।

व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा धेरै ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। एनआईसी एशिया बैंकले अधिकतममा ६.६ प्रतिशत ब्याज दिने भएको छ।

बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो। यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिने भएको छ।

प्रकाशित मिति: ३० मंसिर २०८१, आइतबार  १० : २० बजे