एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर आजदेखि नेप्सेमा किनबेच गर्न सकिने

0
Shares

केही समयअघि सर्वसाधारणमा शेयर निष्काशन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको शेयर आजदेखि नेप्सेमा खरीदबिक्री गर्न पाइने भएको छ।

कम्पनीले मंगलबार एक करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको छ । कम्पनीले शेयर सूचीकरण गराएसँगै अब उक्त शेयर किनबेच गर्न पाइने भएको हो ।

नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । जसको कारोबारकोड एनआरएन (NRN)  दिएको छ । कम्पनीले यसअघि नै शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।

कम्पनीको शेयर ३ लाख २० हजार ६१४ जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो ।

कर्मचारीलाई छुट्याइएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार  ०८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।