आज काठमाडौँ महानगरपालिकामा बिदा


काठमाडौँ। काठमाडौँ महानगरपालिकामा आज (पुस १ गते) शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।

सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उनको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।

प्रकाशित मिति: १ पुस २०८१, सोमबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।