
नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गत स्विचाटार स्वयम्भु फिडरबाट प्रवाहित हुने क्षेत्रमा आज ११ देखि बेलुका ५ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ।
कुलेश्वर वितरण केन्द्रबाट विद्युत आपुर्ति हुँदै आएकोमा आज रुखको हाँगाविगा कटान कार्य, लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्यको लागि स्विचाटार स्वयम्भु फिडर बुधबार बिहान ११ बजे देखि साँझ ५ बजे सम्म सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले आप्रर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार स्वयम्भु फिडर अन्तर्गत वितरित स्थानहरु बाफल पुल, सोल्टी दोबाटो , बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स , टौखेल, सितापाइला , त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल , सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी , फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भिमढुंगा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको विद्युत लाइन अवरुद्ध हुने जनाइएको छ।
मर्मत कार्यका लागि उक्त क्षेत्रहरुमा विद्युत आपुर्ति बन्द भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमायाचना मागेको छ। साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु गराइने समेत जनाइएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया