लगातार चार दिन ओरालो लागेको सुनको भाउ बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदीको भाउमा ४५ रुपैयाँले बढेको छ।
विहीबारका लागि छापावाल सुनको भाउ ९७ हजार ६०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १ हजार ३४५ रुपैयाँ तोकेको छ ।
बुधबार छापावाल सुन ९६ हजार ८०० रुपैयाँ, तेजावी सुन ९६ हजार ३०० रुपैयाँ तथा चाँदीको भाउ पनि १ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया